बलिउडमा मलाइका अरोराले मुन्नी बनेर डार्लिङलाई बदनाम गराएको धेरै भएको छैन । नेपाली सिनेमामा अब डार्लिङलाई बदनाम गराउने पालो हिरोइन रेजिना उप्रेतीको । आगामी २४ गते रिलिज हुने सिनेमा 'धर्मा'मा रेजिनाले मुन्नी बनेर बोल्ड आइटम डान्स पस्केकी छिन् ।
यी नेपाली मुन्नीले 'मान्दैन मान्दैन…' गीतमार्फत घट्दो काठमाडौंको तापमानलाई तताइरहेकी छिन् । यतिसम्मकी हाम्री मुन्नीको ग्ल्यामर डान्स देखेर बलिउडकी समेत रहेकी 'धर्मा' अभिनेत्री मनिषा कोइराला पनि चकित परिसकेकी छिन् ।
'उक्त आइटम डान्स गर्दापनि मलाई लागेन कि म केटैकेटा र फाइटरै फाइटरको बीचमा छु' रेजिनाले भनिन् 'वास्तवमा निकै सहज अनुभव भयो मुन्नी बन्दा ।' अघिल्ला आइटम डान्सभन्दा भिन्न प्यार्टनमा गरिएको 'धर्मा' आइटम डान्सबाट आफू नेपाली सिनेमाकी मुन्नी बन्ने आशामा छिन् रेजिना । जसका लागि 'धर्मा' उनलाई गजबको छेको पनि बन्न सक्छ । आफूलाई मुन्नी बनाउने कोरियोग्राफर कृष्ण अछामीलाई त उनी मुरी मुरी धन्यबाद दिन्छिन् ।
नेपाली मुन्नीको डान्सले चाँडै नेपाली डार्लिङहरुलाई बदनाम बनाउने पक्का छ । हाम्री मुन्नीको डान्सबाट बदनाम बन्ने कि भाग्ने रिमोट दर्शकको हातमा छ ।
No comments:
Post a Comment